काठमाडौँको बौद्धस्थित
सन्दुक बचत तथा ऋण
सहकारीकी अध्यक्षलाई
प्रहरीले पक्राउ
गरेको छ ।
अध्यक्ष भीम कुमारी
तामाङलाई सहकारीको
निक्षेप अपचलन गरेको
आरोपमा नियन्त्रणमा
लिइएको जिल्ला प्रहरी
परिसर काठमाडौँका
एसपी नवराज अधिकारीले बताएका
छन् ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट
पक्राउ अनुमति जारी भएको थियो ।