
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका– १४ गण्डक चोकमा प्रहरीले नियमित चेकिङ गर्ने क्रममा बाराको महागढीमाई नगरपालिका–७ तेलकुवाका २० वर्षीय ओमबाबु कुशवाहा र
२० वर्षीय शैलेश यादवको साथबाट लागुऔषध
बरामद गरेको हो ।वीरगञ्जबाट काठमाडौँतर्फ
जाँदै गरेको ना ६ ख ७२२७ नम्बरको सार्वजनिक बसलाई रोकी चेकजाँच गर्नेक्रममा
उनीहरू समातिएका
छन् ।
कुशवाहा र यादवको झोलामा लुकाइ छिपाई
लागुऔषध राखेका
थिए ।
ओमबाबुको साथबाट नुरफिन, डाइजेपाम र
फेनारगन गरी १ हजार ४
सय ८१ एम्पुल र शैलेशको
साथबाट नुरफिन, डाइजेपाम र फेनारगन
गरी १ हजार ५ सय १५ एम्पुल फेला परेको छ ।उनीहरुलाई लागुऔषध
सम्बन्धी कसूरमा पर्सा
जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भई रहेको
पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिएका छन् ।