Sunday, June 29, 2025

लागु औषधसहित ३ जना मानिस पक्राउ ;

ताजा / भरखरै प्राप्त

प्रहरीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बसपार्कबाट लागु औषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको वुद्धभुमि नगरपालिका–२ घर भएका २८ वर्षीय महेश थारु, बाणगंगा नगरपालिका–१ घर भएका २४ वर्षीय
बिपुल थारु र कृष्णनगरका
लवकुश भुज छन् ।
लागु औषध नियन्त्रण
ब्युरोको भैरहवा शाखा र
इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त
टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
आरोपी महेश थारुको साथमा ९० हजार नगद
फेला परेको कपिलवस्तुका
एसपी निरन्जनदत्त भट्टले रातोपाटीलाई
बताएका छन् ।
लवकुश भुजको साथबाट
प्रहरीले १५१ दशमलव
२१० ग्राम ब्राउन सुगर
बरामद गरेको छ । लवकुशसँग खैरो हेरोइन
खरिद गर्न आएको
अवस्थामा अरु दुईजना पक्राउ परेका हुन् ।
लागु औषध तौलन प्रयोग गरिने ४ थान तराजु पनि प्रहरीले बरामद गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles