Saturday, August 16, 2025

सर्लाहीमा भीषण आगलागी,पौने ३ करोड क्षति :

ताजा / भरखरै प्राप्त

सर्लाही जिल्लाको बरथवा
बजारमा शुक्रबार राति भएको भीषण आगलागीबाट सर्लाहीको बरहथवा नगरपालिका–७, बरहथवा बजारमा ठुलो मात्रामा धनमालको क्षति भएको छ ।

स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न पसलमा भएको आगलागीबाट व्यापकरुपमा
क्षति पुगेको छ ।
आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल,
विजय दासको आलु
भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

डिएसपी गौतम थापाका अनुसार राति नै प्रारम्भिक विवरण सङ्कलन गर्दा आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएकका छन् ।

प्रहरी नायव उपरीक्षक डिएसपी थापले भने नरेश साहको किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री गोदाम गरेर राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको बताएका छन् ।

आगलागी नियन्त्रण गर्न दुई घण्टाभन्दा बढी समय लागेको थियो ।
शुक्रबार राति ११ः३० बजेतिर सुरु भएको आगलागी शनिबार बिहान ३ बजेतिर मात्रै नियन्त्रणमा आएको स्थानीयले बताएको छन् ।
स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले बताउँछन् ।

आगलागीका कारण खुल्न
सकेको छैन ।
मुख्यबजारमा भएको आगलागी सबैको सहयोगमा नियन्त्रणमा
लिन सफल भएकाले थप पसल तथा घरहरुमा क्षति हुन नपाएको स्थानीय वासिन्दाहरूले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles