
जिल्ला प्रहरी कार्यालय, बर्दियाले प्रतिबन्धित पटका बर्दियाको विभिन्न नाका र व्यवसायीले बिक्री गर्न लागेको बरामद पटाका गरेको छ ।
बरामद रकेट, भूइँ चम्पा, सुतली बम लगायतका पटका २ लाख ८५ हजार ७ सय ७६ रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
भारतबाट भित्र्याइएका ती पटकालाई तीन दिनयता प्रहरीले बरामद गरेको हो ।
पटका शुक्रबार जिल्ला
प्रहरी कार्यालय, बर्दियाको
हाताभित्र नष्ट
गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रवक्ता एवं डीएसपी ऋषिराम घर्तीमगरले
अवैधरुपमा भित्रिएका एउटा पटका ५० देखि ६ हजार मूल्यको
रहेको बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमामा कडाई गरे पनि चोरी नाका हुँदै प्रतिबन्धित पटका जिल्लाका विभिन्न नाकाबाट
भित्रिएका थिए ।