Sunday, June 29, 2025

भारतको बलरामपुरमा कार दुर्घटनामा दुई नेपालीको मृत्यु ;

ताजा / भरखरै प्राप्त

भारतको बलरामपुरमा कार दुर्घटनामा परि दुई नेपालीको मृत्यु भएको छ ।

भारतको बलरामपुरमा कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ, भने ३ जना घाइते भएका छन् ।
कपिलवस्तु,१८ कार्तिक । भारतको उत्तरप्रदेशस्थित बलरामपुर्मा कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्।

भारतको बलरामपुरमा पाँच जना सवार कार बससँग ठोक्किएपछि भएको दुर्घटनामा कपिलवस्तु बाणगङ्गा नगरपालिका- ९ का दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो ।

उनीहरु तिहार मनाउन आफ्नो घर फर्किने क्रममा दुर्घटना भएको बताइएको छ ।
भारतको पन्जाब
राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए। दुर्घटनामा सवार मृतक बेल्बासेकी पत्नी शारदा,
सोही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला
घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालनमा उपचार भइरहेको छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles