का.जि. का.म.न.पा. वडा नं. ६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिक सुर्य भन्ने राम बहादुर सुनारको ४ तल्ले घरको भुई तलामा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिइ गई चेकजाँच तथा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निम्न मानिसहरु, नगद रु. ६,६९,८१०/- (छ लाख उनान्सत्तरी हजार आठ सय दश रुपैंया) र खेलमा प्रयोग भएको ३ बुक र ६ बुक नखोलेको तास सहित फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान
भई रहेको ।
क) पक्राउ परेका व्यक्तिहरु:-
१. का.जि. कामनपा वडा नं. ६ रामहिटी घर भई बस्ने बर्ष ४३ को सुर्य भन्ने राम बहादुर सुनार ।
२. ऐ.ऐ. घर भई बस्ने बर्ष ४० को सुमेश लामा ।
३. जि. मकवानपुर थाहा न.पा. ११ घर भई हाल का.जि. कामनपा वडा नं.६ बस्ने बर्ष ३६ को चिन कुमार गोले
४. जि. मोरङ गछिया २ घर भई हाल का.जि. मैतीदेबी बस्ने बर्ष ३७ को सन्तोष कालिकोटे ।
५. का.जि. कपन घर भई बस्ने बर्ष ४७ को सुनिल बानिया ।
६. जि. सिन्धुपाल्चोक इन्द्रावती गा.पा. ६ घर भई हाल का.जि. कपन बस्ने बर्ष ५० को कृष्ण भुजेल ।
७. जि. भक्तपुर मध्यपुर ठिमी न.पा. ७ घर भई बस्ने बर्ष ३४ को प्रेम गहतराज ।
८. जि. सिन्धुपाल्चोक जुगल गा.पा.४ घर भई हाल का.जि. कामनपा वडा नं. ६बस्ने बर्ष ४१ को लाल ब. बि.क. ।
९. जि. चितवन शिबनगर घर भई हाल का.जि. काभ्रेस्थली बस्ने बर्ष ३४ को राम कृष्ण बि.क. ।
१०. जि. सिन्धुपाल्चोक हेलम्बु गा.पा. ३ घर भई हाल का.जि. कपन बस्ने बर्ष ४२ को भीम बराइली ।
११. जि. रामेछाप मन्थली न.पा. ११ घर भई हाल का.जि. कामनपा वडा नं. ६ बस्ने बर्ष ३८ को बिर बहादुर मगर ।
१२. का.जि. कागेश्वरी मनोहरा न.पा. वडा नं. ६ मुलपानी घर भई बस्ने बर्ष ४३ को कृष्ण बहादुर बुढाथोकी ।
१३. जि. चितवन शिबनगर घर भई हाल का.जि. दक्षिणढोका बस्ने बर्ष ४४ को पुर्ण बहादुर सेन्चुरी ।
१४. जि. सिन्धुपाल्चोक मेलम्ची न.पा. २ घर भई हाल का.जि. कपन बस्ने बर्ष ४३ को दिपेन सुनार ।
१५. जि. ललितपुर लुबु घर भई बस्ने बर्ष २५ को रोशन सुनार ।
१६. जि. महोतरी जलेश्वुर न.पा. २ घर भई हाल का.जि. बौद्ध बस्ने बर्ष ४० को बिजय कुमार पण्डित ।
१७. जि. काभ्रेपलान्चोक रोशी गा.पा. ५ घर भई हाल का.जि. तिनचुली बस्ने बर्ष २७ को तेन्जिङ लामा ।
१८. जि. धनकुटा बेलरा घर भई हाल जि. भक्तपुर ठिमी बस्ने बर्ष ३६ को गुणराज बि.क. ।
१९. जि. चितवन शिबनगर घर भई हाल का.जि. किर्तिपुर बस्ने बर्ष २७ को अनिल बि.क. ।
२०. जि. सिन्धुपाल्चोक इन्द्रावती गा.पा.९ घर भई हाल का.जि.कागेश्वरी मनोहरा न.पा.६ बस्ने बर्ष २९ को नारायण बि.क.।
ख)बरामद दशी:-
१. नगद रु. ६,६९,८१०/- (छ लाख उनान्सत्तरी हजार आठ सय दश रुपैंया)
२. तास ९ बुक