Tuesday, April 22, 2025

लमजुङमा १० जना जुवाडे पक्राउ परेका छन् ;

ताजा / भरखरै प्राप्त

लमजुङको बेंसीसहर नगरपालिका-३, गाउँसहर काउलेपानीस्थित एक घरमा हारजितको बाजी राखेर कौडा (जुवा) खेल्दै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठको कमान्डमा गएको प्रहरी टोलीले शुक्रबार राति साढे १ बजेतिर उनीहरूलाई
पक्राउ गरेको प्रहरीले
जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले जुवाडेका साथबाट ११ वटा कौडा र २ लाख ७२ हजार ३ सय ३५ रुपैयाँ बरामद गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालयबाट पश्चिमतर्फ अन्दाजी ५ किलोमिटर दूरीमा रहेको
उक्त स्थानबाट जुवाडेलाई पक्राउ गरी शनिबार
बिहानपख ४ बजेतिर जिल्ला प्रहरी कार्यालय ल्याइएको
उनले बताए ।
पक्राउ परेका जुवाडेविरुद्ध जुवासम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने र तिहार बिदापछि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी मुद्दा अघि
बढाइने प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles