मुस्ताङबाट १२ जना जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ
गरेका छन् ।
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाबाट आइतबार साँझ साढे
५ बजे जुवातास खेलिरहेका
१२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अधिकांश घरपझोङ-२ मार्फाका छन् ।
मुस्ताङको घरपझोङ-२ मार्फास्थित एक रेष्टुरेन्टको
कोठा नं. २११ र कोठा नं. २०९ मा जुवातास खेले खेलाएको जानकारी पाएपछि जिल्ला
प्रहरी कार्यालय मुस्ताङबाट खटिएको १५ जनाको प्रहरीले होटलमा छापा मारेको थियो ।प्रहरीले होटल भित्र २ वटा कोठाबाट ८ बुक ताससहित
८ लाख ५२ हजार ८ सय
रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले
जनाएका छन् ।