Tuesday, April 22, 2025

पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ ;

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिक सिंहलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बी.ओ.पी. बेलाबिछवाको गस्ती टोलीले राजदेवी नगरपालिका-९ ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा
चेकजाँच गर्दा शौचालय बाहिर अवैध पेस्तोल सहित
गोली बरामद भएको हो।
सशस्त्र प्रहरी रौतहटका अनुसार गस्ती टोलीले पसलमा रहेको शौचालय माथि एकथान नलकटुवा पेस्तोल,८ एम एम को ३ थान गोली र १ थान
खोका बरामद गरेको छ ।हतियारसहित भारतीय नागरिक ४२ वर्षीय राजेश सिंहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छन् ।
राैतहटका सशस्त्र प्रहरीले जनाएको छन् ।
घटनाबारे थप अनुसन्धानको लागि बरामद पेस्तोल गोली सहित आरोपी सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles