
प्रहरी महानिरीक्षक कुँवर इन्टरपोल महासभामा सहभागी हुन बेलायत प्रस्थान भएको छन् ।
नेपाल प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार बिहान बेलायत प्रस्थान गर्नुभएको छ। इन्टरपोल महासचिवालयद्वारा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन
हुने उक्त महासभामा
सहभागी हुन उहाँ बेलायत जानुभएको हो ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद
राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक
प्रशासनिक कार्यको जिम्मेवारी सम्हाल्नु भएका छन् ।