
बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका—१६ बस्ने शम्भु राय, सन्दीप राय र पर्सा पकहाँमैनपूर गाउँपालिका- ५ का पवन यादव रहेका जिल्ला
प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो ।
पछि मेलामा जडान गरिएको सिसिटिभीमा हेर्दा तीनै जनालाई पहिचान गरी सोही आधारमा पक्राउ गरिएका प्रहरीलाई
उद्धृत गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी
दिएका छन् ।
उनीहरूमध्ये एक जना
आज एक दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको
प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।
गढीमाई मेला असोज १७ गते घटस्थापनाको दिनदेखि नै विधिवत् रूपमा सुरु भएयता
चार दर्शनार्थीहरूको सुनको
सिक्री चोरी भएकामा चारै
जनालाई पक्राउ
गरिएको छ ।
मेलामा सुरक्षाका लागि २० ठाउँमा सिसिटिभी जडान गरिएका र १० वटा थप्ने काम भइरहेको मेला सञ्चालन
तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिका प्रमुख यादवले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी
बसन्त अधिकारीले मेला अवधिभर सुरक्षाको यथोचित प्रबन्ध गरिएकाले ढुक्क
भएर मेला भर्न दर्शनार्थीहरुलाई आग्रह गरेका छन् ।