Sunday, June 29, 2025

बारा:गढीमाई मन्दिरको पाँचवर्षीय मेलासुरु उपसमितिहरू गठन ;

ताजा / भरखरै प्राप्त

बारामा पञ्चवर्षीय मेला विधिवत् रूपमा सुरु भएको छ, र विभिन्न उपसमितिहरू गठन भएका छन् ।

बारा जिल्लामा बाराको महागढीमाई नगरपालिका – १, बरियारपुरस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पाँच वर्षमा एक पटक आयोजना हुने पञ्चवर्षीय मेला मंसिर १७ गतेदेखि विधिवत् रूपमा सुरु भएको छ ।
मेलाको तयारीका लागि गढीमाई मेला संचालन तथा व्यवस्थापन मुल समितिले विभिन्न उपसमितिहरू गठन गरेको छन् ।
शुक्रबार बसेको मुल समितिको बैठकले
मेलाको सफल सञ्चालनका लागि
नौ वटा उपसमितिहरू गठन गरेको महागढीमाई नगरपालिकाका नगरप्रमुख तथा मुल समितिका
अध्यक्ष उपेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।
प्रचारप्रसार व्यवस्थापन उपसमितिको संयोजक रेशम तिवारीलाई तोकिएको छ भने
जग्गा व्यवस्थापनमा जतिकर हुसेन चुरिहार, तथा खानेपानी व्यवस्थापनमा विश्वनाथ प्रसाद कुशवाहा, र मनोरञ्जन व्यवस्थापनमा गजेन्द्र जैसवाल, तथा
टेन्ट व्यवस्थापनमा चन्दन कुमार साह, र
विद्युत व्यवस्थापनमा
प्रभु प्रसाद, तथा
पार्किङ व्यवस्थापनमा उपेन्द्र प्रसाद जैसवाल, र बली व्यवस्थापनमा
प्रेम प्रसाद साह, र विपद व्यवस्थापनमा राम जनम प्रसाद यादव संयोजक रहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles