
राैतहट जिल्लाको विभिन्न स्थानमा बेवारिसे अवस्थामा प्रहरीले २५ वटा मोटरसाइकल फेला पारेको छ ।
ति सवारीसाधनलाई
कारबाहीको लागी प्रहरीले गौर भन्सार कार्यालयमा
बुझाएको छ ।
रौतहट प्रहरीको चार्डपर्व
लक्षित विशेष सुरक्षा योजना अनुरुप जिल्ला प्रहरी र
मातहत समेतबाट विभिन्न स्थानमा खटिएको टोलीले सवारीसाधन जाँच गर्ने
क्रममा कागजपत्र नभएको र बेवारीसे अवस्थामा फेला
परेको २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार रायले जानकारी दिएका छन् । प्रहरीले बरामद गरेको सवारी धनीबारे अनुसन्धान सुरु
गरेको छ ।
२२ लाख मूल्य पर्ने सवारीहरु आवश्यक कारबाहीको लागी
गौर भन्सार कार्यालय बुझाइएको डीएसपी रायले बताए ।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको ब्लुबुक भने छैन् । ‘कागजपत्र नै नभए पछि नियन्त्रणमा लिएर भन्सार बुझाएका हौ, डीएसपी रायले भने, ‘सम्भवत: ति सबै सवारीहरु चोरीका हुन् ।
यसबारे थप अनुसन्धान भइरहेको छ ।
’यता जिल्लाको राजदेवी नगरपालीका–६ पताहीबाट शुक्रबार साँझ अवैध रुपमा भन्सार छली ल्याउदै गरेको लत्ताकपडा र बिआर ०५एल०७६९ नम्बरको
भारतीय मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको
लागी गौर भन्सार कार्यालय बुझाएको डीएसपी रायले जानकारी दिएका छन् ।