
३४ किलो गाँजासहित दुई जना गाँजा तस्कर बारामा पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरीले बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–४, गंगानगर टोलबाट ३४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको टोलीले हिजो
बिहान करिब ९:३० बजे हिरा महतोको गाईगोठभित्र लुकाइछिपाई प्याकिङ
गर्दै गरेको अवस्थामा गाँजा फेला पारेको हो।
पक्राउ पर्नेमा बाराको गंगानगर निवासी २५ वर्षीय दीपेन्द्र उर्फ जितेन्द्र कुशवाहा र
३५ वर्षीय सरोज प्रसाद यादव रहेका छन् ।