Tuesday, April 22, 2025

श्री माध्यमिक विधालय पथरा बुधरामको भवन भयो उद्धाटन ;

ताजा / भरखरै प्राप्त

रौतहट जिल्लाको मौलापुर नगरपालिका-६ पथरा बुधराममा रहेको
श्री माध्यमिक बिद्यालयको ४ कोठे नवनिर्मित पक्की भवनको उद्घाटन
गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकाद्वारा निर्माण गरिएको सो ४ कोठे पक्की भवनको उद्घाटन
एक समारोहका बीच
आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह र मौलापुर नगरपालिकाका नगर प्रमुख रीना कुमारी साहले संयुक्त रूपमा उद्धाटन गरेका छन् ।

वि.सं.२०१४ सलमा स्थापना भएको सो विद्यालयमा रहेको जीर्ण भवनले गर्दा पठनपाठनमा समस्या भइरहेको थियो र उक्त भवनको उद्घाटनले गर्दा पठनपाठनमा सहजता हुने विश्वास नगर प्रमुख साहले व्यक्त गरेकी छिन् ।

स्थानीय सुरेन्द्र यादव, सर्युग राय यादव लगायतकाहरुले आफ्नो गाउँको बिद्यालयमा नयाँ भवन पाएपछि खुशी
ब्यक्त गरेका छन् । विद्यालय व्यवस्थापन समिति तथा मा.वि. पथरा बुधरामका अध्यक्ष विवेक यादवको अध्यक्षतामा
उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकाद्वारा निर्माण गरिएको ४ कोठे नवनिर्मित भवन करीब ५० लाखको लागतमा निर्माण भएको कुरा उपभोक्ता समितिका अध्यक्ष शिवशंकर यादवले बताएको छन् ।

सो उद्‌ाघाटन समारोह कार्यक्रममा आम विधार्थी मोर्चाका राष्ट्रिय अध्यक्ष विवेक साह , आम दलित मोर्चाको राष्ट्रिय अध्यक्ष ठागा दास , आम जनता पार्टीका प्रदेश सदस्य रामजनम पसवान ,
फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी विजय यादव,तथा निर्विज , वडा २ का वडाध्यक्ष श्रीभगवन पटेल ,र वडा ३ का वडाध्यक्ष महेश कुशवहा , वडा ५ का वडाध्यक्ष तथा चन्द्रशेखर साह , प्रधानध्यापक राजेश पटेल , र विरेन्द्र प्रियादर्शी , दिनेश यादव , रामविन्य साह , रामश्रेष्ठ यादव , युवा नेता र लखिन्द्र यादव , तथा शिक्षक शिक्षिका लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

  • राजकुमार यादव रौतहट ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles