Monday, April 21, 2025

भिश्वाबाट तस्करीको लाइन बिरगंज ;

ताजा / भरखरै प्राप्त

पर्साकाे भिश्वा नाकाबाट तस्करीको लाइन शुरू भएको छ । तस्करीको लाइन पाउनेमा रामु जैसवाल रहेका छन् । केही महिना देखि भिश्वाबाट तस्करी राेकिएकाेे भए पनि फेरि शुरू भएको छ। सशस्त्र प्रहरी बलले तस्करीकाे लाइन दिएको छ ।
काराेवारी रामु जैसवालले फेयर एण्ड लभ्ली लगायतका कस्मेटिक सामान , चुरोट , लसुन लगायतका सामानको तस्करी गर्दै आएका छन् । त्यसैगरी भारतीय सिक्टा घर भएका राजकुमार र बिकास साहले काजु पप्पु साह, लडु साह, र सुर्तीजन्य सामानको ठूलो तस्करीकाे लाइन पाएका छन ।
अहिले यो नाकाबाट ठूलो तस्करीकाे काम चलेको छ ।
सशस्त्र प्रहरीकाे स्थानीय भिश्वा बिअाेपी प्रमुखमा निरीक्षक मीन भट्टराई रहेका छन् भने सशस्त्रको थकरी गुल्ममा डिएसपी द्राेर्ण प्रसाद ढकाल कार्यरत छन् । अचम्मको कुरा के छ भने , भिश्वाबाट थकरी गुल्म ७ किलोमिटरकाे दुरीमा रहेको छ ।
तर थकरी गुल्मका डिएसपी ढकाल बिहानैदेखि बेलुकी सम्म भिश्वा बजारमा तस्कर देखि व्यापारीसंग भेटघाटमा नै देखिन्छन् । यस सम्बन्धमा उनलाई जिज्ञासा राख्दा आंफुलाई उता बस्न मन नलाग्ने र सबै भिश्वा आउने गरेको बताए । तस्करीकाे लाइन पाउने रामु जैसवाल चर्चित काराेबारी किशोर जैसवालका भतिजो हुन । किशोर जैसवालले पछिल्लो समय कहिले धनुषा र नवलपरासीका नाकाबाट तस्करी धन्दा ठूलो मात्रामा 
गरिरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles