




बिरगंज ;
मधेश प्रदेश खवर ।
पर्साकाे भिश्वा नाकाबाट तस्करीको लाइन शुरू
भएको छ ।
तस्करीको लाइन पाउनेमा रामु जैसवाल रहेका छन् ।
केही महिना देखि भिश्वाबाट तस्करी राेकिएकाेे भए पनि फेरि शुरू भएको छ ।
सशस्त्र प्रहरी बलले तस्करीकाे लाइन दिएको छ ।
काराेवारी रामु जैसवालले फेयर एण्ड लभ्ली लगायतका कस्मेटिक सामान , चुरोट , लसुन लगायतका सामानको तस्करी गर्दै आएका छन् ।
त्यसैगरी भारतीय सिक्टा घर भएका राजकुमार र बिकास साहले मिठा चिनिको काम गरेको छन् , र काजु को काम पप्पु साह, लडु साह, र सुर्तीजन्य सामानको
ठूलो तस्करीकाे लाइन
पाएका छन ।
अहिले यो नाकाबाट ठूलो तस्करीकाे काम चलेको छ ।
सशस्त्र प्रहरीकाे स्थानीय
भिश्वा बिअाेपी प्रमुखमा निरीक्षक मीन भट्टराई रहेका छन् भने सशस्त्रको लहावरथकरी गुल्ममाका डिएसपी द्राेर्ण प्रसाद ढकाल कार्यरत छन् ।
अचम्मको कुरा के छ भने , भिश्वाबाट लहावरथकरी गुल्म ७ किलोमिटरकाे दुरीमा रहेको छ ।
तर लहावरथकरी गुल्मका डिएसपी ढकाल बिहानैदेखि बेलुकी सम्म भिश्वा बजारमा
तस्कर देखि व्यापारीसंग भेटघाटमा नै देखिन्छन् ।
यस सम्बन्धमा उनलाई जिज्ञासा राख्दा आफुलाई उता ठाउ र
मन नलाग्ने तथा सबैले भिश्वा आउने गरेको बताएका छन् ।
तस्करीकाे लाइन पाउने
रामु जैसवाल चर्चित काराेबारी किशोर जैसवालका
भतिजो हुन ।
किशोर जैसवालले पछिल्लो समय कहिले धनुषाको दुहवी नाका त कहिले नवलपरासीका नाकाबाट
तस्करी धन्दा ठूलो मात्रामा
गरिरहेकको बुझिएको छ, र उनलाई सघाउन भिसवाका
हरि कुशवाहाले साथ
दिएको छन् ।