Monday, June 30, 2025

सिम्रौनगढमा लागु औषधसहित २ पक्राउ ;

ताजा / भरखरै प्राप्त

बारामा लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छन् । गाइगोठमा लुकाइछिपाइ प्याकिङ गरिरहेको अवस्थामा आइतबार प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले ३४ किलो लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । सिम्रौनगढ प्रहरीको टोलीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलाई पक्राउ गरेको हो ।
सोही वडा निवासी हिरा महतोको गाइगोठभित्र लुकाइछिपाइ गाँजा प्याकिङ गरिरहेको अवस्थामा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरेका दुबैजनामाथि लागु औषध सम्बन्धीको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles