नेपाली कांग्रेसका युवा नेताहरुले सहकारीको बचत फिर्तासहित १०
बुँदे एजेन्डा लिएर मेची-महाकाली युवा संकल्प यात्रा गर्ने भएका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसका युवा नेताहरुले रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मूलन र सुशासन,
महँगी र मूल्यवृद्धि नियन्त्रणलगायतका एजेन्डासहित संकल्प
यात्रा गर्ने जानकारी
दिएका छन् ।
उनीहरुले उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, सहकारी पीडितलाई तत्काल
राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाहीलगायतका
१० बुँदे एजेन्डासहित
युवा संकल्प यात्रा गर्न लागिएको बताएका छन् । कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने संयोजक भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो ।संकल्प यात्रामा पूर्वसांसद्, तरुण दल, नेविसंघका पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्य सहभागी हुने छन् ।
४० जना युवाले युवा संकल्प यात्रा गरेर प्राप्त गरेका सुझाव पार्टी नेतृत्व र सरकारलाई
बुझाउने छन् ।
संकल्प यात्राले
सहकारी ठगीमा संलग्नलाई कारबाही गर्न दबाब पुग्ने दाबी युवा नेताहरुको
रहेको छ ।