Monday, May 19, 2025

बाराको विभिन्न नाकाबाट ठुलो मात्रामा तस्करी सुचारु ;

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको तस्करहरूलाई संरक्षण नेपाल प्रहरीका नाऊमा हवल्दार बिनोद साह र सशस्त्र प्रहरीका डिएसपी भट्टराईले तस्करीको रकम एसपी र डिआईजी सम्मको नाऊमा रकम उठाउदै आएका बुझिएको छ ।
बाराका मिश्रीलालाको ठुलो मात्रामा कपडा , हाडयेवरका तस्करी हुँदै हेर्नुहोस् तस्बिरहरू ।

यसरी नै हुन्छ प्रहरी प्रशासनको मिलोमतोमा दिन रात तस्करी
हुदै सम्बन्धित निकायहरु मौन देखिएका छन ।
जिल्ला प्रहरी कार्यालय बाराले क्राईम र टाईगर टोलीका ईन्चार्जा बिनोद साहले नै तस्करहरुसंग आफ्नो हाकिमको नाऊमा सिमानाका बाट तस्करहरु संग तस्करीको रकम उठाउदै
हिडेका छन् भने सशस्त्र
प्रहरी बल नेपाल प्रस्तावित
सिमा सुरक्षा गुल्म मटिआर्वाका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी बिदुर भट्रराईले एसपी र डिआईजिको नाऊमा समेत
रकम असुली गर्दे आएका छन् ।
पर्सामा तस्करी कडाई भएपछि अहिले तस्करहरु बाराको नाकाहरुबाट ठुलो मात्रामा तस्करी सुचारु भएको यो तस्बिरमा प्रष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम प्रहरी उपरीक्षक महेन्द्र खड्का छन, भन्ने सशस्त्र प्रहरीका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक संतोष सिंह रहेको छन् ।
बारा जिल्लाका दुबै एसपीले सिमानाकामा कुनै किसिम तस्करी नभएको
दाबि समेत गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles