
काठमाडौँको नागढुंगाबाट आधा केजी सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–४ घर भएका २३ वर्षीय
एलिस ढकाल रहेका छन् ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले यात्रुवाहक बसको
अन्तिम सिटमा सवार ढकालको साथबाट आधा केजी सुन बरामद
गरेको छ ।
कालो टेपले बेरेर ल्याएको सो सुन नेपालगञ्जबाट ल्याएको आरोपीले प्रहरीलाई बताएका
छन् ।
उनलाई थप अनुसन्धान र कारवाहीका लागि
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा
पठाइने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना प्रहरी अधिकृतले बताएको छन् ।