Tuesday, July 1, 2025

कैलालीबाट दुईनाल भरुवा बन्दुकसहित एकजना मानिस पक्राउ ;

ताजा / भरखरै प्राप्त

धनगढीमा दुई नाल भरुवा बन्दुकसहित एक
जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको गोदावरी नगरपालिका–४ को तखरे गाउँ बस्ने ६५ वर्षीय लालबहादुर बुढामगरलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बुढामगरलाई उनको घर नजिकैको
चैतडा सामुदायिक वनको खोल्सोमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ
गरिएको छ ।
लोड गरेर राखेको अवस्थामा दुई नाल भरूवा बन्दुक, झोलाभित्र लुकाएर राखेको चार वटा फलाम र चार वटा सिसाको गोली गरेर आठ वटा गोली र अन्दाजी दुई सय ग्राम बारुद समेत बरामद गरिएको प्रहरीले
जनाएको छ ।
बुढामगरलाई इलाका
प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles