Tuesday, July 1, 2025

पर्साका सिर्सिया प्रहरी चौकीमा खुलेआम सर्वसाधारणसँग अवैध असुलीको आरोप ;

ताजा / भरखरै प्राप्त

सिर्सिया प्रहरी चौकीका प्रहरी हवलदार सन्तोष यादवमाथि अवैध तस्करी र सर्वसाधारणसँग जबरजस्ती रकम असुली गर्ने गम्भीर आरोपहरु लागेका छन्। स्रोतहरूका अनुसार, सन्तोष यादव तस्करलाई छोडिदिने तर सर्वसाधारणलाई दवाव दिएर रकम असुली गर्ने गतिविधिमा संलग्न छन्।

एक स्थानीय फूलवालाले जानकारी दिएअनुसार, उनले भारतको रक्सौलबाट ल्याएको फूल सिर्सिया चेकपोइन्टमा रोकी, हवलदार यादवले उनलाई २,००० रुपैयाँ माग गरेका थिए। लामो मोलमोलाईपछि, अन्ततः उक्त फूलवालाले ५०० रुपैयाँ तिरेर आफ्नो फूल लिएर जान सफल भए।

सिर्सिया चौकीका अन्य प्रहरी जवानहरू, विशेष गरी सिपाही राजकुमार पासवान र कर्नल यादव, पनि पोस्टमा खुलेआम पैसा उठाउन संलग्न रहेको खबर आएको छ। यसले गर्दा, तस्करलाई राहत मिलिरहेको र सर्वसाधारणलाई दुःख पर्नु स्वाभाविक नै भएको छ।

स्थानीय स्रोतहरूको दाबी अनुसार, हवलदार यादव सिर्सिया चौकीको ‘घुमुवा’को भूमिकामा रहँदै अवैध असुलीमा संलग्न छन्। यसबाट प्रहरी प्रशासनको छविमा असर परिरहेको छ, र सर्वसाधारणलाई असहज स्थिति भोग्न बाध्य तुल्याएको छ।

यो घटनाको बारेमा थप अनुसन्धान गरिनु आवश्यक देखिन्छ ताकि जिम्मेवार पक्षलाई कानूनी कारबाही र सही कदम चाल्न सकियोस्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles