Tuesday, April 22, 2025

महिला विश्वकपको एसिया छनोट:नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित ;

ताजा / भरखरै प्राप्त

आईसीसी अन्डर १९ महिला विश्व कप छनोटमा नेपालले गरे विजयी सुरुवात गरेको छ ।

यूएईमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालको जितमा कप्तान पुजा महोतोले ब्याटिङ र रचना कुमारी चौधरीले बलिङ मार्फत उत्कृष्ट योगदान दिइन् । यूएईको अजमानमा थाइल्यान्डले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान पुजा महतोले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५ रनको योगदान दिइन् । सोनी पाख्रिन १९ रनमा आउट हुँदा सिमाना केसी १९ रनमा नटआउट रहिन् । थाइल्यान्डकी चारुकन सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।
१ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको थाइल्यान्डले कमजोर प्रदर्शन गर्दै ११ ओभर ४ बलमा केवल ३५ रन बनाएर सबै विकेट गुमायो । अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा
रन जोड्न सकेनन् ।
उसका चार खेलाडीले खाता समेत
खोल्न सकेनन् ।
रचनाले एकै ओभरमा ३ विकेट लिएपछि थाइल्यान्डले खेलमा पुनरागमन गर्न सकेन । रचनाले ३ ओभरमा १२ रन खर्च गरेर ४ विकेट लिइन् । कप्तान पुजा र रिया सर्माले २–२ तथा कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले १–१ विकेट लिए ।आजै भएको प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली यूएईले कुवेतलाई १ सय ३ रनले पराजित गर्यो । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग खेल्नेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles