ठगी आरोपमा फरार रहेका मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका
वडा नं. २ अर्चलबोटबाट उनलाई पक्राउ गरेको हो ।३४ वर्षीय लम्सालको स्थायी ठेगाना माछापुच्छ्रे गाउँपालिका वडा नं. ३, घाचोक लम्सालथर रहेको छ ।
हाल पोखरा महानगरपालिका वडा नं.५ पर्स्याङमा बसोबास गर्दै आएका थिए।
लम्साललाई मित्र मिलन सहकारी ठगी मुद्दामा लामो समयदेखि खोजी कार्य हुँदै आएको थियो ।लम्सालमाथि सहकारीमा संलग्न भई ठगी गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय कास्की सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।