प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ
भएका छन् ।
प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले
जनाएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित सरकारी निवासमै आराम
गरिरहेका छन् ।
‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन ।
उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ,’ प्रधानमन्त्री ओलीको
सचिवालयले
भनेको छ ।