Monday, April 21, 2025

विपद् कोषमा करिब ३ अर्ब जम्मा भएका छन् ;

ताजा / भरखरै प्राप्त

असोजको दोस्रो साता गएको बाढी र पहिरोमा परेकाहरुले राहत नपाएको गुनासो गरिरहेका बेला सरकारको विपद् कोषमा भने झन्डै ३ अर्ब रुपैयाँ जम्मा भएको छ । सरकारले विपद् प्रभावितको पुनर्स्थापनाको काम भने सुरु गरेको छैन ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म १ अर्व ८७ करोड ७७ लाख ३ हजार ५ सय ४७ रुपैयाँ रहेको छ । त्यसैगरी, गृहमन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँभन्दा बढी छ ।सरकारले विपद्‌मा परेकाहरुलाई सहयोग गर्न आह्वान गरेपछि प्रधानमन्त्री दैवी प्रकोप कोषमा रकम जम्मा भएको हो । कोषमा विभिन्न राजनीतिक दलसहित सरकारी तथा गैरसरकारी कार्यालय तथा दातृ संस्थाहरुले सहयोग गरेका हुन् ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम मन्त्रिपरिषद्को निर्णयपछि मात्र गृह मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा जम्मा हुने गर्दछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बाढी, पहिरो र डुबानपीडितका लागि कोषमा २ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा गर्ने बताउनुभएको थियो । त्यस्तै कोषमा एक अर्ब रुपैयाँ निकास गर्ने भने पनि अहिलेसम्म भएको छैन ।यता गृह मन्त्रालयले प्रभावित परिवारलाई अहिलेसम्म ४३ करोड रुपैयाँ जिल्ला विपद कोषमार्फत पठाइसकेको जनाएको छ । मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।त्यसैगरी घरबारविहीन भएका पाँच जनाभन्दा मुनिको परिवारलाई १५ हजार र त्यसभन्दामाथिका परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराइएको गृह मन्त्रालको भनाइ छ । बाढी, पहिरो र डुबानबारे बढी प्रभावित २० जिल्लाका ७१ पालिकालाई सरकारले संकटग्रस्त घोषणा गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles