Tuesday, April 22, 2025

१० महिनामा साढे ९ लाख पर्यटक नेपाल भित्रिएका छन् ;

ताजा / भरखरै प्राप्त

कोरोनापछि पर्यटन क्षेत्रमा ९२ प्रतिशत सुधार
काठमाडौं-नेपाल आउने पर्यटकको संख्या गत वर्षको तुलनामा
बढेको छ ।
२०२३ को अक्टोबर महिनामा १ लाख १७ हजार पर्यटक आएकामा यो वर्षको सोही अवधिमा १ लाख २४ हजार पर्यटक आएका हुन् ।
जुन गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । कोरोना महामारीअघि
सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार पर्यटक आएका थिए ।
२०२४ को १० महिनामा ९ लाख ४१ हजार ३२ पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका
थिए ।
सबैभन्दा बढी पर्यटक भने भारतबाट आएका छन् ।
कुल नेपालमा आएका पर्यटकमध्ये भारतबाट १३ दशमलव एक–एक प्रतिशत, अमेरिकाबाट १२ दशमलव आठ–आठ चीनबाट ६ दशमलव दुई–तीन प्रतिशत पर्यटक आएका छन् ।
कोरोनापछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको देखिएको छ ।
कोरोना महामारीअघिको तुलनामा ९२ प्रतिशत सुधार भएको 
देखिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles