

गढीमाई मन्दिरमा दर्शनार्थीको सिक्री चोर्ने तीन पक्राउ
बारा जिल्ला बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका—१६ बस्ने
शम्भु राय, सन्दीप राय र पर्सा पकहाँमैनपूर गाउँपालिका- ५ का पवन यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो । पछि मेलामा जडान गरिएको सिसिटिभीमा हेर्दा तीनै जनालाई पहिचान गरी सोही आधारमा पक्राउ गरिएका प्रहरीलाई उद्धृत गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले
जानकारी दिए ।
उनीहरूमध्ये एक जना आज एक दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता सापकोटाले
जानकारी दिएको छन् ।
गढीमाई मेला असोज
१७ गते घटस्थापनाको
दिनदेखि नै विधिवत् रूपमा
सुरु भएयता चार
दर्शनार्थीहरूको सुनको
सिक्री चोरी भएकामा
चारै जनालाई पक्राउ
गरिएको छ ।