Tuesday, July 1, 2025

उपचारकै क्रममा बालिकाको ज्यान गएपछि डोटीमा तीन चिकित्सक पक्राउ ;

ताजा / भरखरै प्राप्त

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि डोटी प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई
पक्राउ गरेका छन् ।
खेल्दै गर्दा लडेर बायाँ हात भाँच्चिएकी दिपायल सिलगढी नगरपालिका ३ कि ९ वर्षीया बालिका रजनी भुललाई उपचारका लागि हिजो सुजङ अस्पताल लगिएको
थियो ।
घाइते बालिकालाई गएराति शल्यक्रिया गर्ने क्रममा औषधीले रियाक्सन गर्दा मृत्यु भएको भन्दै आफन्तले उजुरी गरेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई आज पक्राउ गरेको हो ।
उपचारमा संलग्न चिकित्सकहरू राजमणि यादव, सुरेन्द्रकुमार चौधरी र अभिषेक यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी सूर्यप्रकाश भट्टले जानकारी दिनुभएको छ ।
मृतक बालिकाको
शव अस्पतालमै रहेको पनि प्रहरीले 
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles