
जिल्ला प्रहरी कार्यालय पर्साले ८६ लाखको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीले वीरगञ्जको घण्टाघरमा चेकजाँचको क्रममा बिल बिजक भन्दा बढी सामान लोड रहेकोले ट्रकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको मालबाहक ट्रक थप अनुसन्धान तथा कारवाहीको लागी पर्साका प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलको सक्रियतामा पर्सा प्रहरीले ८५ लाखभन्दा बढीको अवैध खुद्रा सामान र औषधि सहित ट्रक नियन्त्रणमा लिएका छन् ।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ०८ स्थित घण्टाघर चोकमा ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । ट्रकमा रहेको बिल विजकभन्दा बढीको
खुद्रा सामग्री र औषधिहरू लोड गरि वीरगञ्जबाट कैलालीतर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ
गरिएको थियो।