Saturday, June 28, 2025

निर्मला पन्तको बलात्कार गर्ने व्यक्ति चिनछु भन्दै अन्तर्वार्ता दिने व्यक्ति पक्राउ ।

ताजा / भरखरै प्राप्त

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज अर्याललाई प्रहरीले पक्राउ गरेका छन् ।

काठमाडौं प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले
टेलिभिजनबाट निर्मला पन्त हत्या प्रकरणमा गलत विवरणसहित दुष्प्रचार गरेको भन्दै गोरखा घर
भई काठमाडौं बस्ने नवराज अर्याललाई पक्राउ गरेको हो ।

नवराज अर्यालले प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताएका थिए ।अन्तरवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन् ।धमला प्रस्तोता रहेको अन्तर्वार्ताकै क्रममा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो भन्नेसमेत थाहा भएको दाबी गरेका थिए ।
आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो
विवरण अन्तर्वार्तामा दिएकोले पक्राउ परेको प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles