Tuesday, April 22, 2025

पर्साका डिएसपी दीपक भारती हेडक्वार्टर तानिए ;

ताजा / भरखरै प्राप्त

पर्सा जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारती हेडक्वार्टर तानिएका छन् ।
प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टरमा तानेको हो ।
अब पर्सा जिल्लाका डिएसपीको रुपमा किशोर लम्साल सरुवा
भइ आउने बताइएको छ ।

डिएसपी दीपक भारतीको सरुवाले पर्सावासी जनता निराश नेताका कार्यकर्ताहरू खुसी भएको देखिएको छ ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दीपक भारतीको काज सरुवा भएको हो ।

उनलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा ब्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा भएको छ, उनको ठाउमा पर्सामा डीएसपी किशोर लम्साललाई सरुवा गरिएका छन् ।
सरुवा र बढुवा प्रहरीहरूको
संगठनका नियमित प्रक्रिया हो, यो कुनै ठुलो कुरो होइन न बुझले बुझ्नुपर्छ ।

डिएसपी भारतीको सरुवामा राजनीतिक दलको चलखेल भएको बुझिएको छ ।

पर्सा जिल्लाका जनताको सेवा र सुरक्षामा विशेष योगदान दिइरहेका डिएसपी दीपक भारतीले प्रहरी प्रशासनमा आफ्नो अद्वितीय भूमिका देखाइरहेका थिए ।

उनले जिल्लामा कानुनी व्यवस्था, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि असाधारण योगदान दिरहेमक थिए ।

जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधान गर्न सधैं तत्पर रहने डिएसपी भारतीले समाजमा राम्रो प्रभाव पार्दै
आएका थिए।
जनताको हक, हित र सुरक्षाको पक्षमा उभिएर उनले विभिन्न चुनौतीहरूको सामना गर्दै जिल्लामा कानुनी शासनलाई अझ मजबुत बनाउन अहम भूमिका खेलिरहेका थिए बुझिएको छ  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles