Sunday, June 29, 2025

घुसलिएको आरोपमा कपिलवस्तुका दुई कर्मचारी पक्राउ ;

ताजा / भरखरै प्राप्त

सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्यूटर अपरेटर विकास पाण्डे पक्राउ
परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालयबाट गएको टोलीले उनीहरुलाई २० हजार रुपैंया घुससहित पक्राउ गरेको
बुझिएको छ ।

‘अदालतका कर्मचारीहरुले घुस मागेको उजुरी आएपछि हामीले आन्तरिक निगरानी र अनुसन्धान गरेका थियौं, त्यसपछि न्यायिक नेतृत्वलाई जानकारी गराएर उनीहरुलाई पक्राउ गरिएको हो’ अख्तियारस्रोतले भन्यो, ‘पक्राउ गरेपछि सबै प्रक्रिया पुरा गरेर उनीहरुलाई हिरासतमा लिइएको छ ।’

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जिल्ला अदालत कपिलबस्तुमा अख्तियारले स्टिङ अपरेसन गरेको पुष्टि गरेका छन् ।
उनले भने, ‘यसवारेको विस्तृत विवरण संकलन गरिरहेका छौं ।’

न्यायालयभित्र कर्मचारीवृत्तमा हुने घुसखोरीमा विरलै हात हाल्ने अख्तियारले पछिल्ला केही वर्षयता अदालतभित्र सक्रियता देखाएको थिएन । सेवाग्राहीको उजुरीको आधारमा रंगेहात कारवाही गरेको अख्तियारले अदालतका दुई कर्मचारीहरूलाई
पक्राउ गरेको हो ।
जिल्ला अदालत रहने तहसिल्दारफैसला कार्यान्वयनको जिम्मेवारीमा हुन्छन् । साभार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles