Tuesday, May 13, 2025

नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा शुरु ;

ताजा / भरखरै प्राप्त

पाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ ।

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ ।
रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको विषयमा ग्राहकहरुलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।

उनले आज मैना रोबर्टको डेमो मात्रै शुरु गरिएको बताए ।
उनले सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालय बनाउने हिसावमा विभिन्न कार्यहरु शुरु गरेको पनि बताए । उनले सोही लक्ष्यअनुरुप रोबर्टबाट सर्भिस डेलिभरी सुविधा शुरु गरिएको
बताएको हो।
उनले रोबर्टलाई ६ सय प्रश्नको तालिम गराएको बताए ।
उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरुबारे मैना रोबर्टलाई तालिम गराउने बताए ।
उनले नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका बारेमा ग्राहकहरुले रोबर्टसँग जिज्ञासा राख्नसक्ने
बताएका छन् ।
उनले भने,‘सुन्धारा शाखाले आजदेखि नेपाल टेलिकमको सर्भिस भेलिभरीलाई रोबर्ट प्रणालीमा जाने उद्देश्यले आजदेखि मैना रोबर्टबाट डेमो शुरु गरेका छौं । रोबर्टबाट उत्कृष्ट कर्मचारी घोषणा र कार्यालयको विषयमा डेमो गर्ने कार्यक्रम भएको छ ।
सुन्धारा कार्यालयलाई नेपाल टेलिकमको उत्कृष्ट सेवा दिने कार्यालयको हिसाबमा विभिन्न कार्यहरु शुरु गरेका छौं ।
सुन्धारा कार्यालयमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिन्छौँ । बाहिर फिल्डमा पनि ७ देखि ७ बजेसम्म नै काम गर्छौं ।
शनिवार पनि खुला हुन्छ । सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने बाहिर मानसिकतालाई हटाउने गरी काम
गरिरहेको छ ।
रोबर्टलाई ६ सय प्रश्नको तालिम
गराएका छौं ।
त्यो भन्दा बढी जानकारी पनि रोबर्टबाट लिन सकिन्छ ।
बिस्तारै नेपाल टेलिकमले दिने सेवा सुविधा र प्याकेजहरु निकालिन्छ ।
हरेक प्याकेज आउने बित्तिकै मैना रोबर्टलाई तालिम
गराउँछौं ।
नेपाल टेलिकमले दिने सेवा सुविधा र कम्पनीका विषयमा मैना रोवर्डलाई सोध्न सकिन्छ ।’

उनले सुन्धारा कार्यालयमा विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सर्भिस दिने गरेको बताए ।
उनले हरेक शनिवार पनि कार्यालय खुला हुने बताए । उनले सरकारी कम्पनीले दिने सेवा सुविधा राम्रो हुँदैन भन्ने मानसिकतालाई हटाउने गरी काम गरिरहेको
बताए ।
उनले शाखाले कात्तिक महिनाको उत्कृष्ट कर्मचारीमा कपिल लामिछानेलाई घोषणा गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles