जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत तबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट अवैध रुपमा भंसार छलि चोरी पैठारी गरी विभिन्न किसिमका किराना लगायतका सामान, कसतुरी (रक्सी), माछा र मो.सा.-३ थान समेत गरी अं.मुल्य रु. ३,०२,८२०।– (तिन लाख दुई हजार आठ सय बिस मात्र ) बराबरको सर-सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको व्यहोरा अनुरोध गरिएको छ ।