Monday, June 30, 2025

लागूऔषध सहित नेपाली युवक रक्सौलमा पक्राउ ;

ताजा / भरखरै प्राप्त

भारतीय प्रहरीले लागूऔषध सहित नेपाली युवकलाई रक्सौलमा पक्राउ गरेका छन् ।

ठूलो परिमाणमा लागुऔषधसहित बिरगंजका युवा राजा
हुसैन लाई भारतीय प्रहरीले पक्राउ
गरेको हो ।
मोतिहारी जिल्लाका
एसपी स्वर्ण प्रभातले रक्सौल प्रहरी चौकी र एन्टी लिकर टास्क फोर्सको संयुक्त टोलीले ४२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित
राजा हुसैन लाई हिजो सनिवार पक्राउ गरेको बताएका छन् ।
हुसैनको साथबाट ठूलो परिमाणको चरेस,ब्राउन सुगर,कोरेक्स सिरप, खाली कोरेक्सका डब्बा, नेपाली नम्बरको स्कुटर र मोटरसाइकल बरामद गरिएको एसपी प्रभातले बताएका दिएका छन् । पक्राउ परेका राजा
हुसैन पर्साका वीरगञ्ज मुर्ली टोलका बासिन्दा रहेको बताएको छ ।
एसपी स्वर्ण प्रभातका अनुसार बरामद लागुऔषधको बजार
मूल्य ४२ लाख रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ।
पक्राउ परेका हुसैन भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन् आवश्यक अनुसन्धान पश्चात कारबाहीका प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय मोतीहारीले 
जनाएका छन्  ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles