झापा जिल्लामा झापामा एक जना व्यक्ति हत्या आरोपमा पक्राउ
परेका छन् ।
बाह्रदशी गाउँपालिका-५ फुलबरीका २६ वर्षीय मानकुमार राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले शनिबार राति करिब साढे ९ बजे सोही ठाउँका ४५ वर्षीय गंगालाल माझीलाई रडले प्रहार गरी हत्या गरेको प्रहरीको
भनाइ छ ।
प्रहरीका अनुसार पुरानो रिसइबीका कारण राजवंशीले माझीलाई
आक्रमण गरेका थिए । माझीलाई बी एण्ड सी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा
गरेका थिए ।
राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेका छन्
प्रहरीले जनाएको छ ।