राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसहरको जिम्मेवारी पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा ।
मुख्य सचिवसरहको जिम्मेवारी पाएर राष्ट्रिय योजना आयोगमा सुरुवा भएका डा बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्।उनले आज राजीनामा बुझाएका हुन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले उनले दिएको राजीनामाबारे
निर्णय गर्नेछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्त:शुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको आरोप लगाउँदै चार महिनाअघि उनीविरुद्ध मुद्दा दायर भएको थियो ।
केही साता अघि विशेष अदालतले अर्याललाई सफाइ दिएको थियो।अख्तियारले ४३ करोड ३२ लाख थान स्टिकर छपाइमा अनियमितता भएको भन्दै मुद्दा दायर गरेको थियो। मदिरामा प्रयोग हुने अन्तःशुल्क स्टिकर छपाइएको जिम्मा
सुरक्षण मुद्रण केन्द्रलाई विनाप्रतिस्पर्धा दिएको थियो।
त्यो अर्याल सञ्चार सचिव थिए।
अदालतले सफाइ दिएसँगै अर्याल सरकारी सेवामा पुन: प्रवेश गर्ने बाटो खुलेको थियो।
तर, मुख्यसचिवको जिम्मेवारी नपाउने देखिएपछि उनले राजीनामा दिएका छन् ।