दुर्गा प्रसाईंलाई सिंहदरबार
प्रहरी वृत्तको हिरासतमा
राखियो ।
विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त
सिंहदरबारको हिरासतमा
राखिएका बुझिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं साइबर अपराध गरेको आरोपमा पक्राउ पक्राउ परेका छन्
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ
गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
प्रसाईंले प्रधानमन्त्री
केपी शर्मा ओलीलाई
जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ ।
सोमबार कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत्
कसैले देखाएको कागजात सार्वजनिक भएको थियो ।सीआईबीका अनुसार प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान
अघि बढेको छ ।