Monday, April 21, 2025

भन्सार छली भित्र्याइएका सामान बरामद ;

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी र वीरगन्ज भन्सारको संयुक्त टोलीले मंगलबार वीरगन्जको विभिन्न स्थानमा छापामारी भन्सार छली गरेर
भण्डारण गरिराखेको आरोपमा लत्ताकपडा, काजु, खजुर आदि बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालका अनुसार सशस्त्र प्रहरी
१३ नम्बर गण वीरगन्जको विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा तथा १३ नम्बर गणबाट सप्रसनि वैजनाथ चौधरीको कमान्ड र वीरगन्ज भन्सार कार्यालयबाट नासु सुवर्ण पौडेलको संयुक्त टोलिले वीरगन्ज–१० आदर्शनगरस्थित राजेन्द्र बरैको घरमा भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरी राखेको ६ लाख १४ हजार ४ सय रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो ।
सोही टोलीले वीरगन्ज–१३ तेजारथटोलस्थित शाह पार्टी प्यालेसमा अवैध रुपमा गोदाम गरी राखेको ५ लाख ८२ हजार ३ सय रुपैयाँ बराबरको काजु र खजुर बरामद गरेको छ । ११ लाख ९६ हजार ७ सय रुपैयाँ बराबरका ती मालवस्तु वीरगन्ज
भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।
त्यसैगरी सशस्त्र प्रहरीको जिराभवानी गाउँपालिका–३ सहजानपुरस्थित
बीओपी महादेवपट्टीबाट सप्रनि नरेन्द्रबहादुर विष्टको कमान्ड र इलाका प्रहरी कार्यालय सेढवाबाट प्रहरी नायब निरीक्षक रामराज यादवको नेतृत्वमा खटिएको संयुक्त टोलीले त्यस भेगमा अवैध रुपमा गरिएको गाँजा खेती नष्ट गर्ने अभियान मंगलबारबाटै सुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक धिमालले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles