Tuesday, April 22, 2025

पर्सामा ८५ किलो गाँजासहित तीन जना मानिस पक्राउ ;

ताजा / भरखरै प्राप्त

पर्सामा ८५ किलो गाँजासहित तीन जना मानिसलाई पर्सा प्रहरीले पक्राउ गरेको छन् ।

पक्राउ पर्नेमा सिन्धुपालचोक बलेफी गाउँपालिकाका शान्तबहादुर तिमिल्सिना, मकवानपुर भिमफेदी गाउँपालिकाका प्रेम रुम्बा र मकवानपुर कैलाश गाउँपालिकाका प्रेम रुम्बा रहेको छन् ।

पर्साका बिरगंज बिर्ता वडा प्रहरी कार्यालयको प्रमुख चाैलागाईको कमान्डमा लागु औषध पक्राउ गरिएको बुझिएको छ ।

पर्सा वीरगञ्जको बाइपास सडकखण्डमा चेकजाँचका क्रममा ना.४ ख ९२५८ नम्बरको मिनी कन्टेनर ट्रकमा गाँजा फेला परेको हो ।

पक्राउ परेका तीनैजनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ पर्साका प्रहरीको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles