Tuesday, May 6, 2025

मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्युु ;

ताजा / भरखरै प्राप्त

मोटरसाइकल एक आपसमा ठोकिँदा
तीन जनाको मृत्यु,
एकको अवस्था चिन्ताजनक ।

मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जनाको
मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ पूर्व–पश्चिम राजमार्गमा पर्ने मोरङको उर्लाबारी –३ मंगलबारे भन्ने ठाउँमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको
मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङमा अनुसार मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, मोरङकै कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेका छन् ।
तीव्र गतिमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङकै पथरीशनिश्चरे –५ का ३८ वर्षीय विष्णु धिमालको अहिले झापाको बीएण्डसी अस्पतालमा उपचार जारी छ ।
उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles