कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा जोशीको बयान
भइरहेको छ ।
मंगलबार साँझ
पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबारबाट बयान लिन
सुरु गरिएको छ ।
भोलि शुक्रबारसम्म जोशीको बयान सकेर पोखरा फिर्ता पठाउने तयारी रहेको जिल्ला
प्रहरी परिसर काठमाडौंले जनाएका छन् ।
स्वर्णलक्ष्मी सहकारी
ठगी प्रकरणमै पक्राउ
पूर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई काठमाडौं झिकाएर बयान गरिएको थियो ।
शनिबार काठमाडौं ल्याइएका रम्तेललाई
बयान सकेर मंगलबार फिर्ता गरिएको थियो ।जोशीको पनि बयान
सकेर पोखरा फिर्ता
पठाउने तयारीरहेको छ ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौं झिकाइने परिसरको स्रोतले बतायो ।६४५ बचतकर्ताले जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु भएको थियो ।
अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
जोशी ६ असोज र लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् । उनीहरुमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान भइरहेका
छन् ।