
कम्बोडियामा लगानी प्रमाणित गर, त्यसको डबल दान दिन्छौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ
दिएका छन् ।
दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताए ।
उनले कम्बोडियामा
लगानी गरेको भन्ने आरोपको खण्डन गरे । एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए ।
दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै
फर्जी कागजात सार्वजनिक
गरेका थिए ।
त्यसको आरोपमा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।