
सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालक पक्राउ
परेका छन् ।
पक्राउ पर्नेमा गाडी
चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेको सिन्धुली प्रहरीले जनाएका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति बाप्र०३-००१ च२२८० नम्बरको पिकअप गाडीमा लुकाइराखेको गाँजासहित लामालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उक्त गाडी चितवनबाट हेटौंडा-सिन्धुली हुँदै बर्दिबासतर्फ गइरहेको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान सुरु गरिरहको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।