Sunday, August 17, 2025

भ्रमण सकेर फर्किए भारतीय स्थल सेनाध्यक्ष द्विवेदी ;

ताजा / भरखरै प्राप्त

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने औपचारिक भ्रमण सकेर भारत फर्किएका छन्।आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले द्विवेदीलाई बिदाइ गरेका हुन्।भ्रमणमा द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरेका थिए।
भ्रमणमा द्विवेदीले राष्ट्रपतिसँगै प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।
उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतनाको भ्रमण गरेका थिए।
उनले मुक्तिनाथ मन्दिरको दर्शन र माउन्टेन फ्लाइटमार्फत विभिन्न हिमालको अवलोकन 
समेत गरे।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles