Tuesday, July 1, 2025

आइपिएलमा अहिलेसम्मकै महँगा खेलाडी बने श्रेयसअय्यर ;

ताजा / भरखरै प्राप्त

आइपिएल २०२५ का लागि मेघा अक्सन आइतबारबाट सुरू भएको छ ।
दुई दिनसम्म चल्ने अक्सनमा पहिलो दिनमा कीर्तिमानी रकममा ब्याटर श्रेयर अय्यर पञ्जाब किंग्समा आबद्ध भएका छन्।
उनलाई पंजाब किंग्सले २६ करोड ७५ लाख भारूमा (४२ करोड बढी नेपाली रूपैयाँ) टोलीमा भित्र्याएको हो।यसअघि आइपिएलका महँगा खेलाडी अस्ट्रेलियाका माचेल स्टार्क थिए। उनलाई सन् २०२४ को अक्सनमा कोलकता नाइटराइडर्सले २४ करोड ७५ लाख भारूमा टोलीमा आबद्ध गरेको थियो।
आइपिएलका उपाधि विजेता कप्तान अय्यरलाई सुरुमा कोलकाता नाइट राइडर्सले बोली लगाएको थियो ।
त्यसपछि पञ्जाव पनि दौडमा आएको थियो।७ करोड मूल्य पुगेपछि पछि दिल्ली क्यापिटल्स पनि उनलाई भित्र्याउने होडमा आएको थियो। अय्यरले यसअघि दिल्ली क्यापिटल्सबाट पनि खेल्दै कप्तानी समेत गरेका थिए।
१२ करोड रुपैयाँ नाघेपछि कोलकाता दौडबाट बहिरिदा दिल्ली र पञ्जाब उनलाई भित्र्याउने होडमा थिए। अन्तिममा २७ करोड मूल्य पुग्नै लाग्दा पञ्जाबले उनलाई भित्र्याएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles