Friday, August 15, 2025

मेडिकल व्यवसायी दुर्गा अस्पताल भर्ना ;

ताजा / भरखरै प्राप्त

दुर्गा प्रसाईं अस्पताल भर्ना
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना भएका छन्।
साइबर ब्युरो प्रमुख डिआइजी नवीन्द अर्यालका अनुसार आइतबार साँझ उनलाई अस्पताल भर्ना गरिएको हो।’चिकित्सकको सल्लाह अनुसार हामीले उहाँलाई अस्पतालमा भर्ना गरेका हौं,’ उनले भने।यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
म्याद दिँदा प्रसाईं क्यान्सरको बिरामी रहेको भन्दै उपचारको प्रबन्ध मिलाउन पनि इजलासले आदेश दिएको थियो।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ।सिआइबीले दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट गत मंसिर ४ गते पक्राउ गरेको थियो। विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनीमाथि प्रहरीले अन्य कसुरमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles